काठमाडौँ उपत्यकामा १ हजार २८६ जना सहित देशभर थप २ हजार ४४४ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, २७ पुस – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार २८६ जना सहित देशभर थप २ हजार ४४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ९८०, भक्तपुरमा ८५ र ललितपुरमा २२१ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा १० हजार ६४८ आरटी पीसीआर तथा ४ हजार ३८५ एन्टीजेन परिक्षण सहित १५ हजार ३३ जनाको परिक्षण गर्दा थप २ हजार ४४४ जानामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ९ लाख ३३ हजार ८९४ रहेको छ भने सक्रिय संक्रमितको संख्या ९ हजार ५२२ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप ३१३ जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या ८ लाख १४ हजार ७९८ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ६०७ रहेको छ ।

