काठमाडौँ उपत्यकामा १ सय ४५ जना सहित देशभर थप २४१ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, १५ पुस – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ सय ४५ जना सहित देशभर थप २४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १०९, भक्तपुरमा ११ र ललितपुरमा २५ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ६ हजार ८१४ आरटी पीसीआर तथा २ हजार ८३ एन्टीजेन परिक्षण सहित ८ हजार ८९७ जनाको परिक्षण गर्दा थप २४१ जानामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ९ लाख २४ हजार ३८९ रहेको छ भने सक्रिय संक्रमितको संख्या ४ हजार ८७१ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप २२८ जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या ८ लाख ११ हजार ७४६ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका मृत्युको संख्या शुन्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ५९० रहेको छ ।

