राष्ट्रपति विद्यादेवी भण्डारी द्वारा राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन)अध्यादेश, २०७८ खारेज
काठमाडौँ, १२ असोज – राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन)अध्यादेश, २०७८ खारेज गर्नुभएकाे छ । दल विभाजनको व्यवस्था खुकुलो बनाउन सरकारले सो अध्यादेश ल्याएको थियो।
सो अध्यादेश अनुसार एमाले फुटेर नेकपा एकीकृत समाजवादी बनेको थियो। त्यस्तै जसपाबाट अलग भएकाहरुले लोकतान्त्रिक समाजवादी पार्टी दर्ता गरेका छन्।
सोमबार साँझ बसेको मन्त्रिपरिषद्को निर्णय र सिफारिस अनुसार संविधानको धारा ११४ को उपधारा (२) को खण्ड ख बमोजिम अध्यादेश खारेज भएको राष्ट्रपति कार्यालयले जनाएको छ। अध्यादेश खारेजीसँगै मन्त्रिमण्डल बिस्तारको बाटो पनि खुलेको छ।
Facebook Comments Box

