काठमाडौँ उपत्यकामा २५६ जना सहित देशभर थप १ हजार ६६ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, २ असोज – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २५६ जना सहित देशभर थप १ हजार ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २४३ भक्तपुरमा १३ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ८ हजार ५४० आरटी पीसीआर तथा २ हजार ८१८ एन्टीजेन परिक्षण सहित ११ हजार ३८५ जनाको परिक्षण गर्दा १ हजार ६६ जनामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ८ लाख ७२ हजार ८०० रहेको छ भने सक्रिय संक्रमितको संख्या २५ हजार ८२ रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा थप १ हजार २३४ जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या ७ लाख ४७ हजार ८०० पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार २८ रहेको छ ।

