हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल हिमाली भूभागमा आंशिक बदली रहेको छ भने पहाडी र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो हिमाली र पहाडी भूभागमा आंशिक बदली हुने तथा तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।

हिमाली क्षेत्रका साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। यस्तै, आज राति हिमाली भूभागमा आंशिक बदली रहने तथा पहाडी र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। रातिको समयमा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।

Facebook Comments Box