पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष दसैँमा सर्वसाधारणलाई टीका नलगाइदिने
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको विजया दशमीमा सर्वसाधारणलाई टीका तथा जमरा नलगाइदिने हुनुभएको छ। पूर्वराजा शाहको संवाद सचिवालय निर्मल निवासले आइतबार सूचना जारी गर्दै यस वर्ष बडादसैँ सादगीपूर्वक मनाउने निर्णय भएको जनाएको हो।
गत भदौमा हिमपहिरोबाट आएको भीषण बाढी र असोजमा परेको अविरल वर्षाका कारण हजारौँ मानिस विस्थापित हुनुका साथै सयौँको ज्यान गएको र ठूलो जनधनको क्षति भएकाले दसैँ सादगीपूर्वक मनाउने निर्णय गरिएको सूचनामा उल्लेख छ। सचिवालयले यस वर्ष विजया दशमीका दिन सर्वसाधारणलाई टीका तथा जमरा प्रदान गर्ने कार्यक्रम नरहेको पनि जानकारी गराएको छ।
Facebook Comments Box

