बुढीगण्डकीको बाढीले सल्लेरी बजार बगायो, जगत बजारमा पनि ठूलो क्षति

गोरखा । बुढीगण्डकी नदीमा आएको भीषण बाढीले गोरखाको सल्लेरी बजार बगाएको छ। बाढीले जगत बजारमा पनि ठूलो क्षति पुर्‍याएको स्थानीय विशाल घलेले जानकारी दिनुभएको छ। चुमनुब्री गाउँपालिकास्थित छेकम्पारमा सुक्खा पहिरो खसेर नदी थुनिएपछि बाढी आएको आशङ्का गरिएको छ।

आइतबार बिहानै नदीमा ठूलो आवाजसहित पानीको बहाव अत्यधिक बढेको चुमनुब्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटाले जानकारी दिनुभएको छ। बाढी तल्लो तटीय क्षेत्रतर्फ बढिरहेकाले नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा नबस्न र तत्काल सुरक्षित तथा उच्च स्थानमा जान स्थानीयवासीलाई आग्रह गरिएको छ। बाढीबाट भएको क्षतिको थप विवरण आउन बाँकी छ।

Facebook Comments Box