इटहरीमा विद्युत कार्यालयको भ्यान दुर्घटना, दुई जनाको मृत्यु

सुनसरी, ३० असार  – सुनसरीको इटहरी उपमहानगरपालिका–२० नजिक विद्युत कार्यालय धरानको भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। प्रहरीका अनुसार बा १ ञ १६५१ नम्बरको भ्यान गएराति अनियन्त्रित भई दुर्घटना हुँदा चालक धरान उपमहानगरपालिका–१३ निवासी ३२ वर्षीय बिर्खबहादुर राई र धरान उपमहानगरपालिका–१६ निवासी ४९ वर्षीय सुमन आचार्य गम्भीर घाइते भएका थिए। उनीहरूको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका भ्यानमा सवार धरान उपमहानगरपालिका–२० निवासी ३२ वर्षीय पवन राईको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय इटहरीका अनुसार कोशी लोकमार्गमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको भ्यान आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Facebook Comments Box