राष्ट्रपति पौडेलसमक्ष दुई आयोगका वार्षिक प्रतिवेदन पेस
काठमाडौँ, ३१ असोज – राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आज निर्वाचन आयोग र आदिवासी जनजाति आयोगका वार्षिक प्रतिवेदन पेस गरिएको छ।
राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्नुभयो।
त्यसैगरी, सोही कार्यक्रममा आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले पनि आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाउनुभयो।
दुवै आयोगका प्रतिनिधिहरूले प्रतिवेदनमार्फत आफ्नो आयोगले गत वर्ष सम्पन्न गरेका गतिविधि, चुनौती तथा आगामी वर्षका कार्ययोजनाबारे राष्ट्रपति पौडेललाई जानकारी गराएका छन्।
Facebook Comments Box

