विमानस्थल वरिपरिको क्षेत्रमा चङ्गा, ड्रोन र बेलुन उडाउन प्रतिबन्ध

काठमाडौँ, ९ असोज – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा चङ्गा, ड्रोन र बेलुन उडाउने कार्यमा कडाइ गरिएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले यस प्रकारका गतिविधिले उडान सुरक्षामा गम्भीर असर पार्ने भन्दै नगर्न चेतावनी दिएको छ।

विमानस्थलका महाप्रवन्धक हंसराज पाण्डेका अनुसार पछिल्ला दिनहरूमा विमानस्थल र वरपर चङ्गा, ड्रोन र बेलुन उडाइने गतिविधि देखिएकाले तत्काल रोक लगाइएको हो।

महाप्रवन्धक पाण्डेले भने, “चङ्गा, ड्रोन, बेलुन वा लेजर लाइटजस्ता वस्तुले विमानको उडान सुरक्षामा खतरा पैदा गर्न सक्छन्। त्यसैले यस्ता गतिविधि नगर्न आग्रह गरिएको छ। अवज्ञा गर्नेहरूमाथि कानूनी कारबाही गरिनेछ।”

दसैँ–तिहारका बेला काठमाडौंमा चङ्गा उडाउनको परम्परा छ, तर विमानस्थल वरिपरिको क्षेत्रमा यस्तो कार्यले पाइलट र विमान दुवैको सुरक्षामा जोखिम बढाउने भएकाले प्राधिकरणले सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको हो।

Facebook Comments Box