झापामा खोलामा डुबेर ४ वर्षीया बालिकाको मृत्यु
झापा, ६ असोज – झापामा ४ वर्षीया बालिकाको खोलामा डुबेर मृत्यु भएको छ। मृतक झापा गाउँपालिका–३ झाँटीका मानबहादुर दर्जीकी छोरी विष्णुमाया दर्जी हुन्।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार विष्णुमाया आइतबारदेखि हराइरहेकी थिइन्। आज बिहान खोजतलासका क्रममा घर नजिकैको सानो माईखोलामा डुबेको अवस्थामा शव फेला परेको हो।
घटनास्थलमा प्रहरी अधिकृतसहितको टोली खटिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। बालिकाको शवलाई मेची प्रादेशिक अस्पतालमा पोस्टमार्टमका लागि पठाइएको छ।
Facebook Comments Box

