पहिराले कालीगण्डकी करिडोर अवरुद्ध

बागलुङ, ३० भदौ – अविरल वर्षाका कारण राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी केशव थापाका अनुसार बागलुङ नगरपालिका–१३ कालाखोला बगर र जैमिनी नगरपालिका–८ बेलबगरमा पहिरो खस्दा सडक पूर्ण रूपमा बन्द भएको हो । पहिरोका कारण सो खण्डमा यातायात सेवा ठप्प भएको छ ।

कालाखोला क्षेत्रमा यसअघि पनि पटक–पटक पहिरो खस्ने गरेको र यसपटक वर्षाले समस्या झन् जटिल बनेको प्रहरीले जनाएको छ । करिडोर आयोजना, निर्माण व्यवसायी र बागलुङ नगरपालिकाले वर्षा रोकिएपछि सडक खुलाउने प्रयास गर्ने तयारी गरेको जिल्ला प्रहरीले जनाएको छ ।

Facebook Comments Box