पूर्वराजा ज्ञानेन्द्र शाहले भारतको कश्मीरमा भएको हत्याको विरोध

काठमाडौं, १३ वैशाख – पूर्वराजा ज्ञानेन्द्र शाहले भारतको कश्मीरमा हिन्दू समुदायमाथि भएको हत्याको विरोध गरेका छन्। शनिबार उनका सम्वाद सचिव फणिराज पाठकले एक सन्देश जारी गर्दै हिन्दू समुदायलाई नै मर्मान्त पार्न भएको घटनाको जति निन्दा गरे पनि थोरै हुने बताएका छन्।

‘‘बसुधैब कुटुम्बकम’को आदर्श अबलम्बन गर्ने सनातनी बैदिक हिन्दू धर्मालम्बीहरुको दिब्य मानवीय मान्यता हो,’ शाहले भनेका छन्, ‘त्यो मान्यता विपरित यस प्रकारका जघन्य अपराध गर्नु गराइनु सर्वथा धर्म निषिद्ध पाप कर्म हो भन्ने हामी ठान्दछौँ।

सम्पूर्ण विश्वक्षेत्र र समग्र हिन्दू समुदायलाई नै मर्मान्त पार्न भएको यस्ता घटनाको जति निन्दा गरे पनि थोरै हुन्छ।’ आतंककारी आक्रमणमा ज्यान गुमाएका एक नेपालीसहित सबै दिवंगतप्रति श्रद्धान्जली व्यक्त गर्दै भारत सरकारप्रति पनि सहानूभूति ब्यक्त गरेका छन्। गत मंगलबार कश्मीरमा आतंकवादीहरुले नेपालका एक जनासहित २८ जना पर्यटकको हत्या गरेका थिए।

Facebook Comments Box