आधारभूत तह कक्षा ८को परीक्षामा ललितपुर महानगरका करीब सात हजार विद्यार्थी सहभागी हुँदै
काठमाडौँ, २४ फागुन – आधारभूत तह (कक्षा ८) उत्तिर्ण परीक्षा,२०८१ ललितपुर महानगरमा फागुन २५ बाट सुरु हुने भएको छ। १७३ वटा विद्यालयबाट ६७३२ विद्यार्थी सहभागी हुने शिक्षा महाशाखा निर्देशक देवीप्रसाद उपाध्यायले जानकारी दिनु भयो ।
उहाँका अनुसार यस पटक सबै परीक्षा केन्द्रमा प्रधानाध्यापकलाई केन्द्राध्यक्ष बनाइएको छ भने परीक्षा मर्यादित र व्यवस्थित बनाउन १७३जना सुपरीवेक्षकहरू समेत खटाइने भएको छ।
नख्खु जेलबाट ४२ जना छात्र पनि परीक्षामा सहभागी हुनुका साथै विदेशी विद्यार्थी पनि सहभागी हुने शिक्षा अधिकृत धन बहादुर विश्वकर्माले बताउनु भयो । । महानगरमा ३५ वटा सामुदायिक विद्यालय ,१ धार्मिक विद्यालय र १३६ संस्थागत विद्यालयका विद्यार्थी आधारभूत तह परीक्षामा सहभागी हुनेछन् ।
निर्देशक उपाध्यायका अनुसार सार्वजनिक र संस्थागत विद्यालयलाई मैत्रीपूर्ण शैक्षिक वातावरणमा समायोजन गर्दै महानगरलाई उत्कृष्ट शैक्षिक गन्तव्य बनाइने छ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले कक्षा ८ को परीक्षा सञ्चालन, व्यवस्थापन तथा नतिजा प्रकाशन सम्बन्धीको जिम्मेवारी सम्बन्धित स्थानीय तहलाई नै दिएको छ।