प्रधानमन्त्रीले सबै मन्त्रालयहरुको प्रथम त्रैमासिक समीक्षा बैठक बोलाए

काठमाडौं, १२ मङ्सिर – प्रधानमन्त्री केपी शर्मा ओलीले सबै मन्त्रालयहरुको प्रथम त्रैमासिक समीक्षा बैठक बोलाएका छन्। बुधबार दिउँसो तीनबजे बस्नेगरी ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा समीक्षा बैठक बोलाएका उनको सचिवालयले जनाएको छ।

एमाले अध्यक्षसमेत रहेका ओली गएको असार ३० गते कांग्रेसको समर्थनमा तेस्रोपटक प्रधानमन्त्री नियुक्त भएका थिए।

Facebook Comments Box