माइक्रो बस र दूध बोक्ने ट्यांकर ठोक्किदा १६ जना घाइते
काठमाडौँ, ११ असोज – नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९ पन्ध्रकिलोमा माइक्रो बस र दूध बोक्ने ट्यांकर ठोक्किदा १६ जना घाइते भएका छन्। दुर्घटनामा घाइते भएका सबैको पहिचान खुलेको चितवनका प्रहरी प्रवक्ता डीएसपी भेषराज रिजालले जानकारी दिए।
घाइते हुनेमा नवपलपुर कावासोती नगरपालिकापा-१४ बस्ने वर्ष ६८ की कमला श्रेष्ठ, (अवस्था मध्यम), नवलपुर गैंडाकोट-५ बस्ने वर्ष ३५ की रेजिना पराजुली (मध्यम), सोही स्थानकी वर्ष २३ की अरुणिमा पौडेल(मध्यम), माइक्रो चालक नवलपुर कावासोती-१३ बस्ने वर्ष ३८ को चिन्ता बहादुर महत्तो ( मध्यम) रहेका छन्।
यस्तै, नवलपुर कावासोती ७ बस्ने वर्ष ३२ को सन्तोष महत्तो (मध्यम), नवलपुर कावासोती १ बस्ने बर्ष २१ को निर्जन लुङगेली (मध्यम), नवलपुर कावासोती २ बस्ने बर्ष ३४ की निरमाया आले (सामान्य), नवलपुर कावासोती २ बस्ने बर्ष ६ को ईहान आले (मध्यम), नवलपुर कावासोती ७ बस्ने बर्ष ३८ को रामचन्द्र भुषाल (मध्यम),
नवलपुर कावासोती ९ बस्ने बर्ष ३० को कृष्ण प्रसाद भुषाल (सामान्य), नवलपुर कावासोती १५ बस्ने बर्ष २३ को सुनिल गरौ (मध्यम) र बाग्लुङ जयमिनि गाउँपालिका ९ बस्ने बर्ष ३७ को फनिन्द्र थापा (मध्यम) रहेका छन्। उनीहरुको चितवन स्थित पुरानो मेडिकल कलेजमा उपचार भैरहेको छ।
बाँकी ४ जनाको चितवनकै पुरानो मेडिकल कलेजमा उपचार भैरहेको डिएसपी रिजालले जानकारी दिए। उनका अनुसार उक्त अस्पतालमा उपचारत रहनेमा नवलपुर कावासोती नगरपालिका- १३ बस्ने बर्ष २४ की सृष्टी भुसाल (मध्यम), कावासोती १३ कै ५२ बर्षको रामजी भुसाल (मध्यम), सोही स्थानका बर्ष २० की सोनिका भुसाल (मध्यम) र कावासोती-२ बस्ने बर्ष ४० को साहिल श्रेष्ठ (टाउको र दुबै खुट्टामा चोट मध्यम) रहेको डिएसपी रिजालले जानकारी दिए।
प्रहरीका अनुसार ट्याङकर चालक मकवानपुर राक्सिराङ गाउँपाकिलाका-१ बस्ने २९ वर्षीय पेमा लामालाई इलाका प्रहरी कार्यालय मुग्लिनले नियन्त्रणमा लिएको छ।

