नेपाल प्रिमियर लिग (एनपीएल) का ८ टोलीका लागि ‘लक्की ड्र’मार्फत मार्की खेलाडीको छनोट
काठमाडौँ, २९ भदौ – नेपाल प्रिमियर लिग (एनपीएल) का ८ टोलीका लागि ‘लक्की ड्र’मार्फत मार्की खेलाडीको छनोट भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार आयोजना गरेको छनोट कार्यक्रममा ‘लक्की ड्र’मार्फत प्रत्येक ८ टिमका लागि एक/एक जना मार्की खेलाडी चुनिएका हुन्।
त्यस अनुसार टिम काठमाडौंमा करण केसी, पोखरामा कुशल भुर्तेल, चितवनमा कुशल मल्ल, बिराटनगरमा सन्दीप लामिछाने र लुम्बिनीमा रोहित पौडेल आवद्ध भएका छन्।
त्यस्तै जनकपुरमा आशिफ सेख, कर्णालीमा सोमपाल कामी र सुदूरपश्चिममा दीपेन्द्रसिंह ऐरी जोडिएका छन्। क्यानले शुक्रबार एनपीएलका ८ मार्की खेलाडी सार्वजनिक गरेको थियो। अन्य खेलाडी अक्सनमार्फत छानिने छन्। प्रत्येक मार्की खेलाडीले २० लाख रुपैयाँ पाउने क्यानले बताएको छ।
Facebook Comments Box

