बंगलादेशको राजधानी ढाकास्थित अन्तर्राष्ट्रिय विमानस्थल ६ घण्टाका लागि बन्द

काठमाडौँ, २१ साउन – बंगलादेशको राजधानी ढाकास्थित अन्तर्राष्ट्रिय विमानस्थल ६ घण्टाका लागि बन्द भएको छ । बंगलादेशको सेनाको जनसम्पर्क निर्देशनालयले एक सूचना जारी गरी ढाकाको हजरत सहजलाले अन्तर्राष्ट्रिय विमानस्थल साँझ ६ बजेदेखि बन्द भएको जानकारी दिएको हो ।

विमानस्थलका सबै कामकारबाही पनि बन्द गरिएको छ । प्रधानमन्त्री सेख हसिनाले राजीनामा दिएपछि धेरै मानिसहरु विमानस्थलमा जान थालेपछि सेनाले बन्द गरेको हो ।

Facebook Comments Box