भारतमा लोकसभा निर्वाचनअन्तर्गत आज दोस्रो चरणको मतदान सुरु

काठमाडौँ, १४ वैशाख – भारतमा लोकसभा निर्वाचनअन्तर्गत आज दोस्रो चरणको मतदान सुरु भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार दोस्रो चरणमा १३ राज्यका ८८ लोकसभा सिटका लागि बिहान ७ बजेदेखि मतदान भइरहेको हो। दोस्रो चरणमा केरलाका सबै २० सिटमा मतदान भइरहेको छ।

यस्तै कर्नाटकका १४ सिट, राजस्थानका १३, मध्य प्रदेशका ६ र असमका ५ सिटमा पनि आज मतदान भइरहेको छ। पश्चिम बंगाल र छत्तीसगढका तीन–तीन सिटमा पनि आज मतदान हुँदै छ। साथै मणिपुर, त्रिपुरा र केन्द्र शासित प्रदेश जम्मु-कश्मिरका एक÷एक सिटमा मतदान भइरहेको छ।

कांग्रेसका पूर्वअध्यक्ष राहुल गान्धी केरलाको वायनाड सिटबाट चुनाव लडिरहेका छन्। गान्धीविरुद्ध वामपन्थीले एनी राजालाई र भाजपाले के सुरेन्द्रनलाई उम्मेदवार बनाएका छन्। ओम बिरला राजस्थानको कोटा सिटबाट लोकसभा चुनाव लडिरहेका छन्। कांग्रेसले ओम बिरलाविरुद्ध प्रह्लाद गुञ्जाललाई उम्मेदवार बनाएको छ।

कांग्रेस नेता शशि थरुर केरलाको तिरुवनन्तपुरम सिटबाट चुनाव लडिरहेका छन्। यस सिटमा भाजपाले केन्द्रीय मन्त्री राजीव चन्द्रशेखरलाई टिकट दिएको छ। उत्तर प्रदेशको मेरठ सिटमा दोस्रो चरणको मतदान भइरहेको छ। यस सिटबाट भाजपाले अरुण गोविललाई टिकट दिएको छ।

पप्पु यादवले बिहारको पूर्णिया सिटबाट स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव लडिरहेका छन्। भारतीय लोकसभा चुनावका मतदान सात चरणमा भइरहेको छ। पहिलो चरणअन्तर्गत यही अप्रिल १९ मा १०२ सिटमा मतदान भएको थियो। लोकसभा चुनावको नतिजा जुन ४ मा घोषणा हुनेछ।

Facebook Comments Box