७६ जना काठमाडौं उपत्यकाका तीन जिल्लाबाट पक्राउ

काठमाडौँ, ११ चैत – होली खेल्न सडकमा निस्किएका ७६ जना काठमाडौं उपत्यकाका तीन जिल्लाबाट पक्राउ परेका छन्। काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसपी अवदेश विष्टका अनुसार सबैभन्दा बढी काठमाडौंमा ७० जना पक्राउ परेका हुन्।

ललितपुरमा ४ जना र भक्तपुरमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूले विभिन्न गैरकानुनी गतिविधि गरेकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ।

होली खेल्ने क्रममा झगडा गर्ने, ट्राफिक नियम पालना नगर्ने र अन्य गैरकानुनी गतिविधिमा संलग्न भएकाले उनीहरूलाई पक्राउ गरिएको बिष्टले बताए। यस्तै प्रहरीले होलीको अवसरमा हुनसक्ने दुर्घटना न्यूनीकरणका लागि ट्राफिक चेकजाँचमा पनि कडाइ गरेको थियो। ट्राफिक चेकजाँचका क्रममा तीनै जिल्लामा ६६४ सवारी साधान चालकलाई कारबाही गरिएको छ।

Facebook Comments Box