धनगढी एफसीले बुटवल लुम्बिनी एफसीलाई १-० ले हरायाे

काठमाडौँ, १४ मङ्सिर – नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत बिहीबार भएको खेलमा धनगढी एफसीले बुटवल लुम्बिनी एफसीलाई १-० ले पराजित गरेको छ । दशरथ रंगशालामा भएको खेलमा धनगढीलाई जिताउन खेलको अन्तिम समयमा आफिज ओलावालेले गोल गरे ।

६९ औं मिनेटमा अभिषेक गुरुङको ठाउँमा मैदान प्रवेश गरेका ओलावालेलाई अहमद हिजाजीले पास उपलब्ध गराएका थिए । बुटवलका किपर अघि बढेको मौका सदुपयोग गर्दै ओलावलेले गोल गरेका थिए । बुटवलमाथि १-० को जितसँगै धनगढी अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ ।

धनगढीले यसअघि पहिलो खेलमा वीरगञ्ज युनाइटेडलाई २-१ ले पराजित गरेको थियो । बुटवल लुम्बिनीको भने एनएसएलमा यो लगातार दोस्रो हार हो । उसले पहिलो खेलमा ललितपुर सिटी एफसीसँग हार व्यहोरेको थियो

Facebook Comments Box