जनकपुर जयनगर रेलमा किचिएर भारतीय नागरिककाे मृत्यु

काठमाडौं, २८ कात्तिक – जनकपुर जयनगर रेलमा किचिएर मंगलबार बिहान मृत्यु हुने व्यक्ति भारतीय नागरिक रहेको खुलेको छ । मृत्यु हुनेमा भारत बिहार राज्यको मधुवनी जिल्लाको जयनगर बेल्ही बस्ने वर्ष ६० का विन्देश्वर दास रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिए ।

उनका अनुसार मंगलबार बिहान जयनगर तर्फ जाँदै गरेको रेलले धनुषाको विदेह नगरपालिकाको वैदेही स्टेशन नजिक लिकमा किच्दा दासको घटनास्थलमै मृत्यु भएको थियो ।

मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखेर घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Facebook Comments Box