हमासविरुद्धको कारबाही तीव्र बनाएको इजरायली सेनाले गाजा क्षेत्रलाई चारैतिरबाट घेरे

काठमाडौँ, २० कात्तिक – हमासविरुद्धको कारबाही तीव्र बनाएको इजरायली सेनाले गाजा क्षेत्रलाई चारैतिरबाट घेरेको छ। इजरायली सेनाका अनुसार गयराति गाजा क्षेत्रमा हमासको आउटपोस्टमा कब्जा भएको छ।

इजरायली सेनाले आफ्नो एक्स (ट्विटर) एकाउन्टमा जनाएअनुसार यस आउटपोस्टमा ‘निगरानी चौकी, तालिम केन्द्र र हमासद्वारा निर्मित सुरुङ पनि रहेका छन्।

इजरायली सेनाले यस अपरेशनका क्रममा कयौँ चरमपन्थी पनि मारिएका छन्। इजरायली सेनाले आइतबार उसको लडाकु विमानले करिब ४५० स्थानमा हमला गरेको जनाएको छ।

हमलाको निशानामा परेका स्थानमा हमासको सैन्य कम्पाउन्ड, निगरानी चौकी, एन्टी ट्यांक चौकी पनि छन्। आइतबार इजरायलले बताएअनुसार गाजा शहरलाई चारैतर्फबाट घेरा हालिएको छ।

इजरायलले हमासलाई पूरै समाप्त गर्ने योजनासहित यो कारबाही चलाइएको जनाएको छ। गाजामा आइतबार ठूलो संख्यामा हवाई हमला गरिएको छ। गाजामा हमासको स्वास्थ्य मन्त्रालयले जनाएअनुसार इजरायली हमलामा अहिलेसम्म १० हजार मानिसको ज्यान गइसकेको

Facebook Comments Box