राजसंस्था पुनःस्थापनाको माग गर्दै मोटरसाइकल र्याली
काठमाडौँ, २७ असोज – राजसंस्था पुनःस्थापनाको माग गर्दै मोटरसाइकल र्याली भएको छ। शनिबार अनवरत तत्पर फौज (एटिएफ) लगायत राजावादी समूहले राजसंस्था पुनःस्थापनाको निमित्त मोटरसाइकल र्याली गरेका हुन्।
उनीहरूले अहिलेको देशको अवस्थालाई राजाले मात्रै समाधान गर्नसक्ने बताए। राजसंस्था अहिलेको अपरिहार्य भएको भन्दै देशमा राजसंस्था पुनः स्थापना हुनुपर्ने माग समेत उनीहरूले गरेका छन्।
अहिले राष्ट्रिय हित, शान्ति, सम्मुन्नति र राष्ट्रिय एकता अखण्डताका आधारहरू क्रमशः कमजोर बन्दै गएकाले राजसंस्था पुनः स्थापना हुनुपर्ने उनीहरुको भनाइ छ।
Facebook Comments Box

