एमालेको प्रथम लुम्बिनी प्रदेशको नेतृत्व चयनका लागि आज मतदान हुँदै

काठमाडौँ, १९ भदौ – नेकपा एमालेको प्रथम लुम्बिनी प्रदेशको नेतृत्व चयनका लागि आज विहानदेखि मतदान हुँदैछ । शनिवारदेखि बुटवलमा जारी एमाले प्रदेश अधिवेशनमा सोमबार गर्ने भनिएको मतदान मंगलबार विहानलाई सारिएको थियो । मुख्य निर्वाचन अधिकृत हरिप्रसाद भण्डारीका अनुसार केही बेरमा मतदान सुरू हुँदैछ ।

एमालेमा लुम्बिनी प्रदेश अध्यक्षका लागि निवर्तमान अध्यक्ष राधाकृष्ण कँडेल र केन्द्रीय सदस्य हरिप्रसाद रिजाल चुनावी मैदानमा छन् । कँडेल उपाध्यक्ष विष्णु पौडेल र रिजाल महासचिव शंकर पोखरेल निकटका हुन्। मुख्य निर्वाचन अधिकृत भण्डारीका अनुसार २०५ सदस्यीय प्रदेश कमिटीका लागि ३६४ जनाको उम्मेदवारी परेको छ।

उपाध्यक्षमा भोजप्रसाद श्रेष्ठ, विश्वराज बराल र पूजन विश्वकर्माको उम्मेदवारी परेको छ भने सचिवमा लक्ष्मण आचार्य निर्विरोध भएका छन् । उपसचिव खुलामा उपेन्द्रलाल कामी, दुर्गाप्रसाद थारू चौधरी, पूर्ण बुढामगर र हिरा एसीबीच प्रतिस्पर्धा छ । यस्तै महिला उपसचिवमा आरती पौडेल, वसन्ती अधिकारी र लीला रानामगरको उम्मेदवारी परेको छ ।

Facebook Comments Box