मर्स्याङ्दी नदीको जलसतह बढेकाले तटीय क्षेत्रमा १ बजे सम्म सतर्कता अपनाइराख्न अनुरोध
काठमाडौं, २८ साउन – बाढी पूर्वानुमान् महाशाखाले मर्स्याङ्दी नदीको जलसतह बढेकाले सतर्क रहन आग्रह गरेको छ। मर्स्याङ्दी नदीको बिमलनगर बाढीमापन केन्द्रमा जलसतह सतर्कता तह १० मिटर आसपास रहेको र बढ्दो रहेकोले तटीय क्षेत्रमा रहनेले दिउँसो १ बजे सम्म सतर्कता अपनाइराख्न महाशाखाले अनुरोध गरेको हो।
मनसुनको न्यूनचापीय रेखा र न्यूनचापीय प्रणालीको प्रभावले आज देशैभरी वर्षा हुने पूर्वानुमान् छ। सातै प्रदेशका एकदुई स्थानमा भारीदेखि धेरै भारीको सम्भावना रहेकाले आज अधिकांश मुख्य नदीहरूको जलसतह बढ्ने सम्भावना छ। काठमाडौं उपत्यकामा पनि बिहानैबाट पानी परिरहेकाले यहाँका प्रमुख नदीहरूको बहाब बढ्दो क्रममा रहेकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ।
Facebook Comments Box

