दुर्गा प्रसाईंसँग ३० करोड चन्दा मागेको आरोपमा एक जना पक्राउ

काठमाडौं, २६ असार – मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग ३० करोड चन्दा मागेको आरोपमा एक जना पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले खोटाङ घर भएका रमेश गुरुङलाई मंगलबार पक्राउ गरेको हो।

प्रसाईसँग ३० करोड मागेका गुरुङ ५ करोड रुपैयाँ लिन भन्दै महाराजगन्ज पुगेका थिए। त्यतिनै बेला सीआइबीले उनलाई पक्राउ गरेको सीआईबीका प्रवक्ता संजय थापाले जानकारी दिए।

प्रसाईंले ३० करोड चन्दा मागेका गुरुङलाई ५ करोड दिने भन्दै बोलाएका थिए। तर उनले त्यसअघि नै प्रहरीलाई जानकारी दिइसकेका थिए। गुरुङलाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लगिएको छ।

Facebook Comments Box