आजदेखि वर्षा क्रमशः कम हुँदै मौसम सुधारतर्फ उन्मुख हुने
काठमाडौँ, २० वैशाख – आजदेखि वर्षा क्रमशः कम हुँदै मौसम सुधारतर्फ उन्मुख हुने मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार आजदेखि वर्षा क्रमशः कम हुँदै जाने सम्भावना छ।‘आज पनि देशभर दिनभर मौसम बदली तथा वर्षाको सम्भावना त छ’, उनले भनिन्, ‘तर हिजोभन्दा आज वर्षा अलि कम र भोलि अरू कम हुँदै पर्सिबाट मौसम खुल्ने सम्भावना देखिएको छ।’
आज दिउँसो देशका पहाडी भेगका केही स्थान तथा बाँकी भूभागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। ‘आज काठमाडौँ उपत्यकामा पनि वर्षाको सम्भावना छ। यस्तै राति पनि पहाडी भेगका थोरै स्थान तथा देशका बाँकी भूभागका एक–दुई ठाउँमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ।
Facebook Comments Box

