फड्को मार्दै फूल्चोकी माध्यमिक विद्यालय
काठमाडौं, १८ वैशाख – गोदावरी नगरपालिका वडा नम्बर १४मा रहेको फूल्चोकी माध्यमिक विद्यालयमा अहिले भर्नाको हुनेको भिड निकै बढेको छ| विद्यार्थी राख्न कक्षाकोठाको अभाव साथै पर्याप्त मात्रामा दरबन्दी नभएका कारण विद्यालयमा भर्ना बन्द गर्नुपरेको प्रधानाध्यापक गोपाल कुमार पाण्डेको भनाइ छ|
दैनिकरुपमा अभिभावकहरु विद्यालयसम्म आउने र फर्कने क्रम जारी छ । प्रधानाध्यापक पाण्डेले आगामी दिनमा अब विद्यालयको गुणस्तर व्यवस्थापन र अनुशासन तर्फ ध्यान दिएको बताउनु भयो । स्थापनाको आफ्नो ६४ औं वर्षमा पुगिसकेको यस विद्यालयमा करिब १५सय विद्यार्थी अध्ययनरतछन्|
यस शैक्षिक सत्रमा विद्यार्थीको संख्या वृद्धि भन्दा पनि स्तरवृद्धि गरी सबैको अनुपम सिकाइ केन्द्रको रुपमा फूल्चोकी केन्द्र बनाउने प्रधानाध्यापकको भनाइ छ| फूल्चोकी माध्यमिक विद्यालयलाई बागमती प्रदेशले नमुना विद्यालय घोषणा गरेको छ। विद्यालयले यही वर्षको सुरुमा नै यातायातको सुविधा आफ्नो सेवा क्षेत्रभित्र दिने भएको छ|
अंग्रेजी पठनपाठन ,विज्ञान समुह ,कम्प्युटर शिक्षा ,विद्यालय नर्सको सुविधा लगायत प्राविधिक शिक्षाको समेत केन्द्र बनेको फूल्चोकी माध्यमिक विद्यालयले सामुदायिक विद्यालयमा गोदावरी क्षेत्रमा फड्को मार्दै गरेको स्थानीय बताउँछन्| अतिरिक्त तथा सहक्रियाकलापसँगै विद्यालयप्रति समुदायको चासो वृद्धि गर्दै जाने पाण्डेले बताउनुभयो।
साथै विद्यालय व्यवस्थापन समितिको सकरात्मक सहयोगका कारण विद्यालयले लिएको लक्ष्य प्राप्तिमा सफल हुनेमा ढुक्क रहेको उहाँको तर्क छ|विद्यालयलाई नमूना बनाउनुमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपेन्द्र श्रेष्ठको समयको लगावले आफूलाई थप उत्साही बनाएको उहाँ बताउनु हुन्छ ।

