मंगलबारसम्म रहनेछ काठमाडौँको तुवाँलो

काठमाडौं, ४ वैशाख – जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले काठमाडौँ उपत्यकालगायत देशका धेरै स्थानमा लागिरहेको तुवाँलो आगामी दुई दिनसम्म हट्ने सम्भावना नदेखिएको जनाएको छ। महाशाखाले लामो समयदेखि पानी नपरेका कारण डढेलो बढ्न सक्ने भएकाले सुरक्षाका उपाय अपनाउन आग्रह गरेको छ।

सोमबार गण्डकी र कर्णालीमा क्षणिक वर्षा र लुम्बिनीका तराई जिल्लामा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ। देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

Facebook Comments Box