पछिल्लो २४ घण्टामा देशभर १३६ जानामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, १ वैशाख – पछिल्लो २४ घण्टामा देशभर १३६ जानामा कोरोना संक्रमण पुष्टि भएकाे छ । स्वाथ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९७ आरटी पीसीआर तथा १ हजार २२७ एन्टीजेन परिक्षण सहित १ हजार ४२४ जनाको परिक्षण गर्दा १३६ जानामा कोरोना संक्रमण पुष्टि भएकाे स्वाथ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

अहिले सम्म कोरोना संक्रमितको कुल संख्या ११ लाख ५४ हजार ८४९ रहेको छ भने सक्रिय संक्रमितको संख्या ४०१ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा ८६ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या ९ लाख ८९ हजार ६८४पुगेको छ ।

यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण मृत्यु हुनेकाे संख्या शुन्य रहेकाे मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या १२ हजार २२ पुगेको छ ।

 

Facebook Comments Box