आजदेखि आइतबारसम्म देशका केही प्रदेशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, १२ फागुन – आजदेखि आइतबारसम्म देशका केही प्रदेशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना देखिएको छ। मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो प्रदेश नं १ को पहाडी भेगका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना देखिएको हो।

यसैगरी प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। यसबाहेक आज दिउँसो प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

आज राति पनि प्रदेश नं १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। रातिलाई वर्षाको सम्भावना भने छैन। राति प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

यस्तै शनिबार दिउँसो प्रदेश नं १, बागमती र गण्डकी प्रदेशको पहाडी भेगका थोरै स्थान र बाँकी प्रदेशका पहाडी क्षेत्रका एक दुई ठाउँमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ। यस्तै प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ। यसबाहेक प्रदेश नम्बर १, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

आइतबार दिउँसो प्रदेश नं १, बागमती र गण्डकी प्रदेशको पहाडी भेगका थोरै स्थान र बाँकी प्रदेशका पहाडी क्षेत्रका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना छ। यसबाहेक देशको पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

 

Facebook Comments Box