भूकम्पको हल्ला फैलाउनेलाई कानुनी कारबाहीमा ल्याउ : कर्णालीका पूर्व मुख्यमन्त्री

काठमाडौँ, १६ माघ – कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री जीवनबहादुर शाहीले भूकम्पको हल्ला फैलाउनेलाई कानुनी कारबाहीमा ल्याउन स्थानीय प्रशासनसमक्ष माग गरेका छन्। हिमाली जिल्लाहरु हुम्ला, जुम्ला र मुगुमा भूकम्पको हल्ला फैलाएपछि गए रातिदेखि स्थानीयहरू त्रसित भएका छन्।

हुम्ला प्रशासनका अनुसार एकजना धामीले उक्त हल्ला फैलाएका थिए भने उनको खोजी कार्य भइरहेको छ। कांग्रेस नेता समेत रहेका पूर्व मुख्यमन्त्री शाहीले नागरिकहरूमा त्रास बढेको भन्दै यस्ता भ्रमात्मक हल्लाको पछि नलाग्न समेत आग्रह गरेका छन्। शाहीको गृह जिल्ला पनि हुम्ला हो।

‘भूकम्पको पूर्वानुमान तथा भूकम्प जाने सम्वन्धी पूर्व जानकारी हुने कुरा पूर्ण हल्ला मात्र हो! यस्ता भ्रमात्मक हल्लापछि नलाग्न र आफ्नो घरभित्र सुरक्षित बसोबास गरी जाडोबाट जोगिएर आफ्नो जिउधनको सुरक्षा गर्न सम्पूर्णलाई अनुरोध गर्दछु’ उनले भनेका छन्, ‘यस्ता भ्रामक समचार सम्प्रेषण गरी समाजमा त्रासदीपूर्ण वातावरणको सृजना गर्ने जो कोहीलाई खोजविन गरी कानूनी कारबाहीको दायरामा ल्याउन स्थानीय प्रशासनसमक्ष माग गर्दछु!’

Facebook Comments Box