आजको मौसम
काठमाडौं, १३ पुस – प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगमा आंशिक बदली रही तराईका केही स्थानमा हुस्सु/कुहिरो लागेको छ भने बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले आज दिउँसो प्रदेश १ र सुदूरपश्चिम प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भेगमा आंशिक बदलीको अवस्था रहनेछ। प्रदेश १ को हिमाली भेगका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
आज राति प्रदेश १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भेगमा आंशिक बदलीको अवस्था रहनेछ। प्रदेश १ र सुदूरपश्चिम प्रदेशका हिमाली भेगका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
मौसमविद् पौडेलका अनुसार राति आकाशमा बादल लाग्यो भने तथा बिहानीपख हुस्सु लाग्यो भने न्यूनतम तापक्रम बढ्छ भने मौसम सफा हुँदा न्यूनतम तापक्रम घट्छ। महाशाखाले प्रदेश १ र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। तराईका केही भूभागमा हुस्सु/कुहिरो लाग्ने र दैनिक जीवन र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन हुन अनुरोध छ।

