नेकपा एमाले प्रदेश १संसदीय दलको नेतामा हिक्मत कार्की चयन
काठमाडौँ, १० पुस – नेकपा एमाले प्रदेश १संसदीय दलको नेतामा हिक्मत कार्की चयन भएका छन्। एमाले प्रदेश १ संसदीय दलको आज बसेको बैठकबाट कार्की निर्विरोध निर्वाचित भएका छन्।
प्रदेश सांसद रेवतीरमण भण्डारीका अनुसार तिलकुमार मेन्याङ्बोको प्रस्ताव र रेवतीरमण भण्डारीको समर्थनमा कार्की निर्विरोध नेता निर्वाचित भएका हुन्। यसअघि मेन्याङ्बो पनि दलको नेताको दाबेदार थिए। उनकै समर्थन झापा ५(१) बाट दोस्रो पटक निर्वाचित कार्की दलको नेता बनेका हुन्।
जेष्ठ सदस्य रेवत कार्कीको अध्यक्षतामा बसेको बैठकले दलको उपनेता, सचेतक, उपसचेतक पछि बस्ने बैठकबाट चयन गर्ने निर्णय गरेको छ।
सोही बैठकले एमालेको नेतृत्वमा सरकार गठनका लागि अन्य दलहरसँगको सम्वाद र छलफल गर्ने पाँच सदस्यीय वार्ता तथा छलफल समिति पनि गठन गरेको छ। एमाले प्रदेस १
Facebook Comments Box

