खोटाङको बाक्सिला बजारमा आइतवार साँझ भीषण आगलागी

काठमाडौँ, ४ पुस – खोटाङको बाक्सिला बजारमा आइतवार साँझ भीषण आगलागी भएको छ। बाक्सिला बजारमा फैलिएको भीषण आगो नियन्त्रणबाहिर गएको स्थानीयले बताएका छन्।

आगो नियन्त्रणका लागि त्यहाँका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, पालिका अध्यक्ष लगायतलाई आग्रह गरिएको खोटाङ निवासी एमाले केन्द्रीय सदस्य विशाल भट्टराईले बताएका छन्। बजारमा एकापसमा जोडिएका घरमा फैलिएको नियन्त्रणमा समस्या भएको छ। क्षतिको विस्तृत विवरण आइसकेको छैन।

Facebook Comments Box