मिर्गौलामा समस्या आएका लाल बहादुर योञ्जन लाइ सहयाेग

काठमाडौं, २४ कात्तिक – लिसंखु पाखर गाउँपालिकाका ३७ वर्षे लाल बहादुर योञ्जनको आफ्नो दुवै मिर्गौला फेल भएको केहि समय भयो । अरुको काम गरेर दैनिकि चलाउने लाल बहादुरको मिर्गौला फेल भए पछि काम पनि गर्ने सकेका छैनन , आफ्नु आर्थिक अवस्था कम्जोर छ । उनको मिर्गौलामा समस्या आएपछि आफुसंग भएको केहि पैसाले उपचार गरेका थिए।

उपचार गर्नको लागि आर्थिक समस्या पर्न लागे पछि बिभिन्न सहयोगी हातहरुले सहयोग गरेका छन् । यस्तै सहयोगको पहल कदामी गर्ने संस्था मध्येको एक संस्थाको डासे जागरण परिवार हो।

जागरणका अध्यक्ष सुर्य लामा , पूर्व कोषअध्यक्ष बुद्धिमान लामा र अहिलेका कोषअध्यक्ष रिबेक लामाको पहलमा विभन्न देशमा कार्यरत लिसंखु पाखर गाउँपालिकाका ठुलो धादिङ्ग १ का व्यक्तिहरुले सहयोग गर्नु भएको संस्थाका कोषअध्यक्ष रिबेक लामाले बताउनु भएको छ।

Facebook Comments Box