काठमाडौं उपत्यकामा ५६ जना सहित देशभर थप २२७ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाकाे मृत्यु
काठमाडौं, २३ भदौ – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५६ जना सहित देशभर थप २२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरको प्रयोगशालामा १ हजार ५१८ आरटी पीसीआर तथा २ हजार ८८३ एन्टीजेन परिक्षण सहित ४ हजार ४०१ जनाको परिक्षण गर्दा थप २२७ जानामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ११ लाख ५० हजार १८ रहेको छ भने सक्रिय संक्रमितको संख्या २ हजार ४७३ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप १६८ जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या ९ लाख ८३ हजार ९४९ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ जनाकाे मृत्यु भएकाे स्वाथ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या १२ हजार १० पुगेको छ ।

