काठमाडौं उपत्यकामा १०५ जना सहित देशभर थप २६९ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाकाे मृत्यु

काठमाडौं, १६ भदौ – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १०५ जना सहित देशभर थप २६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरको प्रयोगशालामा १ हजार ७३२ आरटी पीसीआर तथा १ हजार ८२५ एन्टीजेन परिक्षण सहित ३ हजार ५५७ जनाको परिक्षण गर्दा थप २६९ जानामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ११ लाख ४८ हजार १८८ रहेको छ भने सक्रिय संक्रमितको संख्या ३ हजार १५८ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप २१५ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ९ लाख ८२ हजार ३६६ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ जनाकाे मृत्यु भएकाे स्वाथ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या १२ हजार २ पुगेको छ ।

Facebook Comments Box