काठमाडौं उपत्यकामा २५१ जना सहित देशभर थप ६३४ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाकाे मृत्यु
काठमाडौँ, ७ भदौ – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २५१ जना सहित देशभर थप ६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरको प्रयोगशालामा २ हजार ७५७ आरटी पीसीआर तथा २ हजार १९२ एन्टीजेन परिक्षण सहित ४ हजार ९४९ जनाको परिक्षण गर्दा थप ६३४ जानामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ११ लाख ४४ हजार ९१६ रहेको छ भने सक्रिय संक्रमितको संख्या ४ हजार २२१ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप ४१७ जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या ९ लाख ७८ हजार ९०१ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ जनाकाे मृत्यु भएकाे स्वाथ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ९९३ पुगेको छ ।

