सत्ता गठबन्धनमा रहने वातावरण बनाउन प्रधानमन्त्री देउवासँग बाबुराम भट्टराईकाे आग्रह
काठमाडौँ, २४ साउन – नेपाल समाजवादी पार्टीले आफूहरुलाई पनि सत्ता गठबन्धनमा रहने वातावरण बनाउन प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गरेको छ ।
अर्का अध्यक्ष महेन्द्रराय यादवलाई साथमा लिएर देउवा भेट्न बालुवाटार गएका अध्यक्ष बाबुराम भट्टराईले आफूहरु पनि यही गठबन्धनमा रहने वातावरण बनाउन आग्रह गरेका थिए ।
‘हाम्रो पार्टी दर्ता भयो, हामी यही गठबन्धनको घटक हौं,’ भट्टराईको भनाइ उद्धत गर्दै यादवले भने, ‘यही गठबन्धनमा रहनको लागि वातावरण बनोस् ।’ जवाफमा प्रधानमन्त्री देउवाले आफूले यसबारे गठबन्धनमा छलफल गरेर मिलाउने बताएका थिए । यसबारे पनि यादवले भने, ‘उहाँले गठबन्धनमा छलफल गरेर गर्छौं भन्नु भएको छ । सकरात्मक कुरा भएको छ
Facebook Comments Box

