मदन पुरस्कारका लागि उत्कृष्ट आठ पुस्तक सार्वजनिक

काठमाडौँ, २३ साउन – मदन पुरस्कारका लागि उत्कृष्ट आठ पुस्तक सार्वजनिक भएका छन् । मदन पुरस्कार गुठीको निर्णायक समितिले आज सोमबार उत्कृष्ट आठ पुस्तक सार्वजनिक गरेको हो ।

डा‌‍. नवराज लम्सालको अग्नि, डा‌‍. दामोदर पुडासैनीको ग्रीष्मको नीलो बतास, बसन्त बस्नेतको महाभारा, दीपा मेवाहाङ राईको यादको सन्दुक, डा‌‍. नयनाथ पौडेलको लिच्छवि लिपि, प्राध्यापक नीलमणि ढुंगानाको व्युत्पत्तिमूलक संस्कृत-नेपाली शब्दकोश, सुजित मैनालीको सती र पद्मसुन्दर जोशीको हिति प्रणाली उत्कृष्ट आठमा परेका छन् ।

Facebook Comments Box