काठमाडौँमा उपत्याकामा ४५६ जना सहित देशभर थप ८९५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, १६ साउन – पछिल्लो २४ घण्टामा काठमाडौँमा उपत्याकामा ४५६ जना सहित देशभर थप ८९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरको प्रयोगशालामा ३ हजार ६८५ आरटी पीसीआर तथा २ हजार २२४ एन्टीजेन परिक्षण सहित ५ हजार ९०९ जनाको परिक्षण गर्दा थप ८९५ जानामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ११ लाख २९ हजार ९०७ रहेको छ भने सक्रिय संक्रमितको संख्या ४ हजार ९३४ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप २६४ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ९ लाख ७० हजार ६२ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको स्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ९६८ पुगेको छ ।

Facebook Comments Box