UAE भ्रमण मा रहनु भएका दुर्गा प्रसाईंले पहिलाे चरणमा अलपत्र परेको २ बटा शब नेपाल पठाउदैँ
काठमाडौँ, २६ असार – बि एण्ड सि टिचिङ हस्पिटल तथा पुर्वान्चल क्यान्सर हस्पिटल का निर्देशक दुर्गा प्रसाईँ UEA को भ्रमण मा रहनु भएको छ। सो क्रममा प्रसाईंले त्यहाँ रहेका नेपाली दाजुभाइलाई भेटघाट गरि विभिन्न कारणले मृत्यु भएका र आर्थिक अभावको कारणले कयौं बर्ष देखि नेपाल पठाउन नसकिएको १६ वटा शब मध्ये पहिलो चरणमा २ वटा शब तत्कालै नेपाल पठाउने भएका छ्न।
जस मध्धे एक महिला र पुरुषको शब रहेको छ। महिलाको नाम समिक्षा राना मगर रहेको छ तर, उनको ठेगाना भने खुल्न बाकिँ रहेको छ । त्यसैगरि , पुरुषको नाम ओम प्रशाद पौड्याल रहेको छ र घर तेह्रथुम रहेको जानकारी प्राप्त भएको छ, अन्य शब भने प्रक्रियाको चरणमा रहेको प्रसाईँले बाताएका छन् ।
सरकारले रेमिटेन्सको लोभ ले दक्ष युबा जनशक्ति खाडी मुलुक मा पठाउने र मृत्यु पछि कुनै वास्ता नगर्ने जिम्मेवारीबाट पन्छिने काम गर्दै आएको छ। यी सबै शब नेपाल ल्याउन धेरै रकम खर्चिनु पर्छ जसो तसो गरेर भए पनि आफ्नै खर्च जुटाएर सबै शब केही महिना भित्र नै नेपाल पठाउने तयारि दुर्गा प्रसाईं आफै गर्दै छ्न । मानव भएर मानवता न भएको यो समाजमा मानवता के हो? भन्ने राम्रो उदाहरण दिएका प्रसाईंको चाहिँ चौतर्फी प्रसंशा भएको छ।

