काठमाडौँमा उपत्याकामा १९ जना सहित देशभर थप २७ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, ११ असार – पछिल्लो २४ घण्टामा काठमाडौँमा उपत्याकामा १९ जना सहित देशभर थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरको प्रयोगशालामा ९३७ आरटी पीसीआर तथा ८६५ एन्टीजेन परिक्षण सहित १ हजार ८०२ जनाको परिक्षण गर्दा थप २७ जानामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ९२६ हेको छ भने सक्रिय संक्रमितको संख्या १८८ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप १६ जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या ९ लाख ६७ हजार ३७२ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्भया शुन्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ९५२ रहेको छ ।

