प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पनि संसदमा अवरोध जारी राख्ने

काठमाडौं, ३ जेठ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पनि संसदमा अवरोध जारी राख्ने भएको छ। मंगलवार मदन–आश्रित स्मृति दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय बल्खुमा आयोजित कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग बोल्दै उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले नेकपा एमालेले अहिलेसम्म पार्टीले कुनै नयाँ निर्णय नलिइसकेको बताएका हुन्।

उनले संसदमा निर्विरोध उपस्थिति हुने कि नहुने भन्ने बारेमा पार्टीले नयाँ निर्णय नलिसकेको तर छलफलमा रहेको बताए। उपाध्यक्ष नेम्वाङले स्थानीय निर्वाचनको मत परिणाम आइरहेकोले त्यसलाई ध्यानमा राखेर नयाँ निर्णयमा पुग्ने बताए।उपाध्यक्ष नेम्वाङले भने, ‘हामी अहिले नयाँ निष्कर्षमा पुगिसकेका छैनौँ ।

तर हामी छलफलमा पनि छौँ । स्थानीय निकायको निर्वाचनको सम्बन्धमा जनताको बीचमा गएका छौँ । जनताले एउटा निष्कर्ष दिएका छन् त्यो निष्कर्षमा पूर्णता आउन बाँकी छ । यो सबै सन्दर्भलाई हामी ध्यानमा राखेर विचार गरिरहेका छौँ । तर अहिले नै नयाँ निर्णयमा पुगिसकेका छैनौँ ।’

Facebook Comments Box