साङ्लोले बाँधिएका गङ्गाप्रसादलाई दुर्गा प्रसाईले बर्षभरीको लागि खाद्यान्न, लत्ताकपडा र औषधिसहित परिवारको जिम्मा लगाए
झापा, १५ वैशाख – बर्षैदेखि साङ्लोमा बाँधिएका एक व्यक्तिको उद्दारपछि परिवारको जिम्मा लगाइएको छ । झापाको हल्दीबारी गाउँपालिका ५ मा लामोसमयदेखि साङ्लोले बाँधिएका २३ वर्षीय गङ्गाप्रसादको नेकपा एमालेका केन्द्रिय सदस्य तथा उद्योगी ब्यवसायी दुर्गा प्रसाईले उद्दार गरेका थिए ।
हाल गाउँपालिकाको नयाँ कार्यालय भवन बन्दै गरेको ठिक अगाडी बस्दै आएका चन्द्रप्रसाद ढकालले आफ्नो छोरा गङ्गाप्रसादलाई घरको आँगनमै बाँधेर राखेका थिए। उनले आर्थिक अभावका कारण छोराको उपचार गर्न नसकेर बाध्य भएर साङलोमा बाधेका थिए ।
कसैको आँखा नपुगेको त्यस ठाउँमा दुर्गा प्रसाईको आँखा पुग्यो । थाहा पाए लगत्तै प्रसाईले तुरुन्त उपचारको लागि अस्पताल लगे । उपचारपछि आज प्रसाईले हल्दीबारी गाउँपालिकाका जनप्रतिनिधि तथा अहिले सोही क्षेत्रबाट नेकपा एमालेबाट मेयरमा उठेका डम्बर बहादुर गीरीलाई राखेर परिवारको जिम्मा लगाएका छन् ।

उनलाई प्रसाईले लत्ताकपडा, खाद्यान्न र एक बर्षलाई पुग्ने औषधि उपलब्ध गराएका छन् । राजनीतिसँगै विकाश निर्माण र स्वास्थ्य क्षेत्रमा ठुलो योगदान पुर्याउदै आएका झापाको बिर्तामोडस्थित बीएण्डसी मेडिकल कलेजका सञ्चालक समेत रहेका प्रसाईले पछिल्लो समय त्यस क्षेत्रको जनताको मुहारमा खुशीयाली ल्याएका छन् ।

