ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले मनोनयन पत्र दर्ता गरे
काठमाडौं, १२ वैशाख – ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले नेपाली कांग्रेसका तर्फबाट मनोनयन पत्र दर्ता गरेका छन्।
जावलाखेलस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले महानगर प्रमुखमा मनोनयन दर्ता गरेका हुन्।
कांग्रेसले ललितपुर महानगरपालिकाको प्रमुखमा महर्जनलाई दोहोर्याउने निर्णय गरेको थियो। २०७४ को स्थानीय तह निर्वाचनमा उनी नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारलाई ३२६ मतले पराजित गर्दै महानगर प्रमुख बनेका थिए। महर्जनले २४ हजार ६४२ मत ल्याउँदा व्यञ्जनकारले २४ हजार ३१६ मत पाएका थिए।
Facebook Comments Box

