काठमाडौँमा उपत्यकामा १३ जना सहित देशभर थप ४४ जनामा कोरोना संक्रमण पुष्टि
काठमडौं, ८ चैत – पछिल्लो २४ घण्टामा काठमाडौँमा उपत्यकामा १३ जना सहित देशभर थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
काठमाडौँमा ९ जना , भक्तपुर २ जना र ललितपुरमा २ जनामा संक्रमण देखिएकाे हाे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरको प्रयोगशालामा ४ हजार ४९५ आरटी पीसीआर तथा २ हजार ९९ एन्टीजेन परिक्षण सहित ६ हजार ५९४ जनाको परिक्षण गर्दा थप ४४ जानामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार २८७ रहेको छ भने सक्रिय संक्रमितको संख्या २ हजार २८८ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप ४ सय ८१ जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या ९ लाख ६३ हजार ५९२ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ जनाकाे मृत्यु भएकाे स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ९५१ रहेको छ ।