काठमाडौँ उपत्यकामा ६ हजार १७२ जना सहित देशभर थप १२ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, ११ माघ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ६ हजार १७२ जना सहित देशभर थप १२ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ४ हजार ८७५, भक्तपुरमा ५१५ र ललितपुरमा ७८२ जनामा संक्रमण देखिएको छ ।
यस्तै, देशभरको प्रयोगशालामा १८ हजार १०३ आरटी पीसीआर तथा ७ हजार ८०६ एन्टीजेन परिक्षण सहित २५ हजार ९०९ जनाको परिक्षण गर्दा थप १२ हजार ८ जानामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या १० लाख ४५ हजार ६३४ रहेको छ भने सक्रिय संक्रमितको संख्या ८८ हजार ९३४ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप ३ हजार ४० जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ८ लाख २७ हजार २७९ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ६६७ रहेको छ ।

Facebook Comments Box